राष्ट्र बैंकको कारबाहीमा परे तीन विकास बैंक, दुई फाइनान्स
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक, दुई फाइनान्स कम्पनीसहित एक पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) विरुद्ध कडा निगरानी र कारबाही थालेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीमा कडाइ गर्दै पोखरा फाइनान्स र जानकी फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाहीमा राखेको हो। यस्तै, मुक्तिनाथ, नारायणी र साल्पा गरी तीन विकास बैंकलाई सचेत गराएको छ।
बैंकले पोखरा फाइनान्सका पूर्व सिइओ रविचन्द्र गुरुङलाई पाँच लाख रुपैयाँ जरिवाना तिराएर पदबाट हटाएको छ। राष्ट्र बैंकको निरीक्षण प्रतिवेद...