FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

पोखरा । विद्यार्थी संगठनको विवादका कारण रोकिएको पोखराको पृथ्वीनारायण ’पीएन’ क्याम्पसको स्ववियु निर्वाचनलाई नयाँ मिति तोकिएको छ ।

क्याम्पस प्रमुख डा. रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरी चैत १० गते निर्वाचन मिति तय भएको बताएका हुन् ।

नयाँ निर्वाचन तालिकाअनुसार चैत १० गते आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चुनाव हुनेछ । निर्वाचनको मौन अवधि चैत ७ गते राति १२ बजेदेखि लागू हुने बताइएको छ ।

त्यस्तै यसअघि चैत ५ मा हुने भनिएको निर्वाचन रोकिए पनि त्यसदिन निर्वाचन गराउन खटिएका प्राध्यापक र कर्मचारीहरू यथास्थानकै जिम्मेवारीमा रहने पनि पोखरेलले जारी सूचनामा भनिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com