FlashNepal
बुधबार, आषाढ २४, २०८३  |  July 8, 2026

काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा सँगै गएका केही मान्छे उतै बसेको बताएकी छन् ।

आज (मंगलबार) प्रतितिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले विभिन्न कार्यक्रमको बहानामा नेपालीहरुलाई प्रलोभनमा पारी लैजाने गिरोह पनि सक्रिय रहेको बताईन् ।

‘प्रधानमन्त्री स्वयं जानुभएको स्पेनको कार्यक्रममा समेत केही मान्छेहरु कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्ने समाचार पनि आएका छन् । व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन । तर, यो विषय अत्यन्तै गम्भीर विषय हो,’– उनले भनिन् ।

उनले नागरिक बेच्निु र कसैको गलत कार्यले नेपालको छवि घट्नुुलाई सामान्य विषय मान्न नसकिने बताईन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति अनिवार्य बन्नुपर्ने उनको माग छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com