FlashNepal
शनिबार, कार्तिक ०८, २०८३  |  October 24, 2026

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा भएको चलखेलबारे छानबिन गर्न संसदीय समिति गठन गर्न सिफारिस गरेको छ ।

आज बसेको समितिको बैठकले उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन सभामुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
उक्त कार्य कानुन निर्माणको हिसाबले षड्यन्त्रपूर्ण र दुराशयपूर्ण देखिएको हुँदा उक्त कार्यमा कोको व्यक्तिको के कति गल्ती वा अपराध भएको हो, त्यसको उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन संघीय संसद्का सभामुखलाई अनुरोध गर्ने निर्णय गरियो, समितिका सभापति रामहरि खतिवडाले भने ।

बैठकले कुलिङ पिरियडसम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावनाअनुसार प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाइदिन राष्ट्रियसभालाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com