FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कालो बस्त्र लगाएर संसदमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नोत्तर गर्न नदिएका रास्वपाले संसद बैठक बहिस्कार गर्नु परेको कारण खुलाएका छन् ।

‘आज संघीय सदनको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध स्वरूप आउनुभयो र विश्वव्यापी रुपमा मानव तस्करीको विरोध स्वरूप रहेको निलो रिवन लगाएर आयौं, हामी प्रधानमन्त्रीज्यूलाई केही कुरा सुनाउन चाहन्थ्यौ तर उहाँले त्यो कुरा सुन्न चाहनु भएन,’ सांसद मनिष झाले भने, ‘बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो तसर्थ हामीले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र कुरा प्रधानमन्त्रीले पनि नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं।’

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com