FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदसँग प्रश्नोत्तर हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ देखि ६ दिने स्पेन भ्रमणमा जाँदै छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १६ देखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णयसमेत गरेको छ ।

सोहि विषयलाई समेत संसदमा जानकारी गराउने सम्भावना रहेछ । त्यसपश्चात विनियोजन विद्येयकका विभिन्न मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहनेछ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com