FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर तयार भएको छ । जसमा सरकारले प्राथमिकता दिएको भनिएको विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयक अगाडि बढाउने कार्यसूची समावेश छैन ।

निजामती सेवा विधेयक प्रतिनिधि सभामै पुगेर अड्किएको छ । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ ।

गत मंगलबार प्रतिनिधि सभाको बैठकमा निजामती सेवा विधेयक पारित गर्ने कार्यसुची थियो । तर, त्यसदिन सभा उक्त कार्यसूचीमा प्रवेश नै गरेन ।

बिहीबार बैठक बस्दैछ । कार्यसूचीमा निजामती विधेयक छैन । असार १५ गते सम्मको पाक्षिक क्यालेन्डरमा समेत यो विधेयक अगाडि बढाउने विषय समावेश हुन नसकेको हो ।

बरु निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयम छलफलमा छन् । गत सोमबार मन्त्रिपरिषद्‍को बैठकमै छलफल भएको थियो । बुधबार प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरूसँग छलफल गरे ।

विद्यालय शिक्षा विधेयक पनि प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा परेको छैन । असार १५ गते सम्म विधेयक पारित गर्ने सरकारकै प्रतिबद्धता छ । तर, त्यसबेलासम्मको क्यालेन्डरमा यो विषय पर्न नसकेको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com