FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरूद्दमा पर्सामा पनि मुद्दा दर्ता भएको छ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रहरीका अनुसार १ महिना अघि नै सरकारी वकिल कार्यालय, पर्सामा प्रतिवेदन बुझाएकोमा शुक्रबार अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी रामनरेश महतोले सञ्चारकर्मीसँग भने ।

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com