FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असारको तेस्रो साता स्पेन जाने भएका छन् । उनी सेभिल सहरमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन जान लागेका हुन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त जानकारी दिएकी हुन् । “तयारीमा नेपालले धेरै अभ्यास गरेको छ । प्रधानमन्त्री पनि यसमा जानुहुन्छ,” सम्मेलनका विषयमा जानकारी दिँदै परराष्ट्रमन्त्री राणाले भनिन् ।

नेपाल पनि यसको आयोजक समितिमा बसेको हुनाले केही दिनअघि भएको भर्चुअल मिटिङलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेको उनले जानकारी दिइन् ।

सम्मेलनले नयाँ र उदीयमान मुद्दाहरू, दिगो विकास लक्ष्यहरू पूर्णरूपमा कार्यान्वयन गर्न तत्काल आवश्यकता र अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधारलाई समर्थन गर्ने कुरालाई सम्बोधन गर्ने जनाइएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com