FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । विपक्षी दलहरूको बैठक बस्दैछ ।

आजको संसद बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै विपक्षी दलहरूले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।

सत्तापक्षलाई माओवादी केन्द्रले दिएको ड्राफ्टमा एकमत बनाउन विपक्षी दलको बैठक बस्न लागेको बताइएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत विपक्षी दल गृहमन्त्रीको राजीनामाबाट ब्याक हुने संकेत गरेपनि राष्ट्रिय स्वतन्त्र पार्टी टसमस भएको छैन ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com