FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं, २९ जेठ । देशका केही स्थानमा बिहीबार (जेठ २९) दिउँसो वर्षा भएको छ । काठमाडौंसहितका स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, इलाम र बर्दियाका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ । सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, चितवन, प्युठान, रोल्पा र सुर्खेतमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

“कोसी प्रदेशको इलाम जिल्ला, वाग्मती प्रदेशको काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं र चितवन जिल्ला, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा जिल्ला, कर्णाली प्रदेशको सुर्खेत जिल्ला आसपासको क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ,” महाशाखाले बिहीबार दिउँसो २ः५४ मा सूचनामार्फत भनेको छ, “त्यसैगरी इलाम जिल्ला आसपासको क्षेत्र र बर्दिया जिल्ला आसपासको क्षेत्रको एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेकोले आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।”

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com