FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि भोलि दिउँसो १ बजेलाई सारिएको छ । आज बिहान ११ र पछि सवा ३ मा तय गरिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गरिरहेका विपक्षी र सत्ता पक्षबीच कुरा नमिलेकाले सदन निरन्तर अवरुद्ध भइरहेको छ ।

सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेपनि दुवै पक्ष अडानबाट पछि हटेनन् ।

सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ । तर, विपक्षीले गृहमन्त्री बोल्ने भए छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने शर्त राखेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com