FlashNepal
आइतबार, भाद्र १४, २०८३  |  August 30, 2026

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मनिषकुमार मिश्रलाई केन्द्रीय प्रवक्ता पदमा मनोनयन गरेको छ।

 

पार्टी अध्यक्ष महन्थ ठाकुरलेपार्टीको संशोधित विधानअनुसार उनलाई केन्द्रीय महासचिवसँगै प्रवक्ताको भूमिकासमेत प्रदान गरिएको जानकारी दिइएको हो।

अध्यक्ष ठाकुरले मिश्रलाई मनोनयन गरिएकोमा बधाई दिँदै देश, मधेश तथा पार्टीको हितमा उनको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन्।

लोसपा नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा जारी पत्रमार्फत गरिएको यो निर्णयले पार्टीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com