FlashNepal
बिहिबार, भाद्र ११, २०८३  |  August 27, 2026

काठमाडौं ।  सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्बजनिक गर्दैछ ।

अर्थमन्त्रालय स्रोतका अनुसार करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्बजनिक गर्न लागेको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।  जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोके अनुसार नै बजेट तयार गरिएको जनाइएको छ।

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com