FlashNepal
सोमबार, भाद्र ०८, २०८३  |  August 24, 2026

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगन भएको छ । संसद्‌को अर्को बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । सदनबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका विपक्षी दलहरूले अडान नछाडेपछि बैठक स्थगन गरिएको हो । आज सुरुमा आधा घण्टाका लागि स्थगन गरिएको बैठक पछि सूचनामार्फत साढे २ बजे बस्ने भनिएको थियो ।

तर, दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक भोलि बिहानसम्मका लागि स्थगन गरिएको हो । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ । आजको बैठकमै गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नबारे सदनबाटै जवाफ दिने तयारी गरेका थिए ।

तर, विपक्षी दलहरूले नाराबाजी गरेपछि बैठक अघि बढ्न सकेन । गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोप निराधार रहेको बताइसकेका छन् । उनको पार्टी नेपाली कांग्रेसले पनि गृहमन्त्रीले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालिसकेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com