FlashNepal
शुक्रबार, कार्तिक ०७, २०८३  |  October 23, 2026

पोखरा । राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

सहमतिको लामो रस्साकस्सी पछि पोखरा सभागृहमा मंगलबार बिहान १०ः०० बजेबाट मतदान सुरु गरिएको हो ।

भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले आ आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका हुन् ।

आज भइरहेको निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ भने प्रदेश पिच्छे फरक फरक मतदान बुथ राखिएको छ।

थेबे प्यानलबाट  उपाध्यक्षमा क्रमशः महाराज गुरुङ र विनय शाह तथा महासचिवमा महेश चौलागाई उम्मेदवार रहेका छन भने पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारीसहित महासचिवमा कुबेर अधिकारी मैदानमा छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com