FlashNepal
बिहिबार, भाद्र ११, २०८३  |  August 27, 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले मुलुकको समस्या बुझेर अर्थ मन्त्रालयसँग समन्वय गरी काम गर्ने गभर्नर नियुक्ति गरिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस पटक गभर्नर नियुक्तिमा राजनीति देखिएको बताए ।

राष्ट्र बैंकको गभर्नरमा आउने व्यक्तिले दलको झण्डा नबोकेको भए पनि नेताहरुले हाम्रो मान्छे भनेर बदनाम गराइदिएको बताए । गभर्नर नियुक्तिका लागि सरकारले समुद्रमै डुबुल्की मारेर खोजिरहेको हो कि भन्न भान भइरहेको बताए । ‘सरकार प्रफेक्ट गभर्नरको खोजीमा दत्तचित्त भएर लागेको बुझिइराखिएको छ । अनुहारले राम्रो होइन, मुलुकको समस्या बुझेर अर्थ मन्त्रालयसँग समन्वय गरेर काम गर्ने राम्रो मान्छे अझै पाइएन भनेर खोजिराखेको छ ।

त्यो सिलसिलामा समुद्रमै डुबुल्की मारेर खोजिएको हो कि भन्ने भान परिराखेको छ,’– उनले भने । नेपाल राष्ट्र बैंक एक महिनादेखि गभर्नरविहीन छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २४ गते सकिएको भए पनि सरकारले अहिलेसम्म गभर्नर नियुक्ति गर्न सकेको छैन । कानुनतः गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने हुन्छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com