FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना तिर्ने तयारी गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठका अनुसार, जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीलगायत नेताहरूले पुगेर आजै जरिवाना तिर्ने तयारीमा छन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा सार्वजनिक सम्पत्ति तोडफोड र फोहोर गरेकोसहित विभिन्न शीर्षकमा काठमाडौं महानगरले पूर्वराजा शाहका नाममा सात लाख ९३ हजार जरिवानाको पत्र काटेको थियो ।

त्यसपछि राजावादीको एक समूहले सामाजिक सञ्जालमार्फत चन्दा संकलन गरेको थियो । चन्दा संकलनबाट उठेको रकममध्ये सात लाख ९३ हजार जरिवाना तिर्ने र बाँकी रुपैयाँ समितिले नै खर्च गर्नेछ ।

“जरिवाना राप्रपाले तिर्ने होइन । राजावादी साथीहरूले संकलन गरेको रुपैयाँ हिजो सुवेदीलाई बुझाएका छन् । आज गएर महानगरमा बुझाउने हो,” उनले भने ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com