FlashNepal
आइतबार, कार्तिक ०९, २०८३  |  October 25, 2026

काठमाडौं । काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहान साढे ६ बजे तीनकुनेस्थित मुनिभैरबअगाडि सडकखण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार नुवाकोट स्थायी घर भएकी नगिना तामाङ रहेको प्रहरीले जनाएको छ । ट्रमा सेन्टरमा उपचारका लागि लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलका चालक रामेछापका पदम थापा मगरको दाहिने हातमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी अपिलराज बोहराले जानकारी दिए । दुर्घटनामा क्रमशः काभ्रे र दोलखाका रत्नबहादुर शार्की र मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूकाे कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

कोटेश्वरदेखि बानेश्वर आइरहेको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र.०१–०२६ च २९२७ नम्बरको मारुती भ्यान र सोही दिशाबाट आइरहेको बा.प्र.०२–०५३ प ३८४७ नम्बरको २२०अ को मोटरसाइक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com