FlashNepal
बिहिबार, आषाढ २५, २०८३  |  July 9, 2026

काठमाडौं । सेयर बजार एकल अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार २७.१४ अंकले बढेको नेप्से परिसूचक आज ७.०१ अंकले बढेर २६९८.९७ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स १.३० प्रतिशत बढ्यो ।

नेप्से एकल अंकले बढ्दा कारोबार रकम मंगलबारको तुलनामा भने घटेको छ । आज ३२९ स्क्रिप्सको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर ७ अर्ब २६ करोड ५१ लाख २२ लाख २४१ रुपैयाँमा खरिदबिक्री भए । मंगलबार ८ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो ।

नेप्से सामान्य अंकले बढेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो । राधी विद्युत कम्पनीको सेयर ९.९७ प्रतिशतले बढ्यो ।

कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो । सो कम्पनीको ५९ करोड ४१ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी राधी विद्युतको ५० करोड बढीको सेयर कारोबार हुँदा बलेफी हाइड्रोपावरको ४२ करोड,एनआरएनको ४० करोड र हिमालयन पावरको ३१ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com