FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । डोनाल्ड ट्रम्प सत्ताका अधिकारीहरू बिच्किएमा कतिसम्म बिच्किन्छन् र निर्णय गर्छन् भन्ने एक नजिर बनेको छ दक्षिण सुडानसँगको सम्बन्ध ।

अवैध आप्रवासीहरूलाई फिर्ता लाने सवालमा दुई देशको कुरा नमिल्दा अमेरिकाले सबै दक्षिणी सुडानका नागरिकहरूको भिजा रद्द गर्ने निर्णय गरेको छ ।

अमेरिका त्यत्तिमै रोकिएन, अब दक्षिण सुडानका नागरिकलाई अरू थप भिजा पनि जारी नहुने भएको छ ।

अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर लेन्डाउ र विदेशमन्त्री मार्को रुबिओले भिजा रद्द गरिएको सवाल पुष्टि गरेका छन् ।

१५ वर्ष अगाडि मात्रै सुडानबाट अलग भएर स्वतन्त्र देशको मान्यता पाएको दक्षिण सुडानले भिजा रद्द निर्णयबाट थप तनाव झेल्ने न्यू योर्क टाइम्सले उल्लेख गरेको छ ।

न्यू योर्क टाइम्सका अनुसार भिजा रद्द गरेता पनि दक्षिण सुडानी नागरिकहरूलाई डिपोर्ट गर्ने वा नगर्नेबारेमा भने कुनै निर्णय भएको छैन ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com