FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकाल र काजोल कार्कीको सुमधुर स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘यो माया बसेर होकी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।

गीतमा कुशल सिंहको संगीत संयोजन रहेको छ । रोमान्टिक गीतको भिडियोमा गायक रामकृष्ण ढकाल र काजोल कार्की फिचर्ड छन् । नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेर काजोल कार्कीको प्रवेश भएको छ । गायक ढकालसँगको युगल गायन केमेस्ट्री मिलेको छ।

सुनील क्षेत्रीको निर्देशनमा बनेको भिडियोमा अभि वाग्लेको कोरियोग्राफी रहेको छ । दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

भिडियो म्युजिक नेपालको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । अडियो अनुसार भिडियो पनि उत्कृष्ट बनेको छ ।

भिडियो सार्वजनिक पश्चात आएको प्रतिक्रियाबाट काजोल कार्की उत्साहित भएकी छिन् । दर्शक श्रोताको माया अझै धेरै पाउने र भिडियोले सबैको मन जित्नेमा ढुक्क रहेको कार्कीले बताइन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com