FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्यान्डका वरिष्ठ व्यावसायीहरुको भेटवार्ता भएको छ । यस भेटमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरु पनि उपस्थित थिए ।

भेटवार्ताले दुई देशबीचको व्यापारिक र आर्थिक सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्य राखेको छ । भेटवार्तामा दुवै देशका व्यावसायीबीच आपसी सहकार्य र लगानीका अवसरहरुबारे छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणले नेपाल र थाइल्यान्डबीचको कूटनीतिक तथा व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com