FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने जानकारी दिएको छ ।

महाशाखाका अनुसार सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाहरूमा साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने तथा सोझै बाढी आउन सक्ने उच्च सम्भावना रहेको छ। यस्तै, दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुर र आसपासका जिल्लाहरूमा मध्यम जोखिम रहेको छ।

कोशी, नारायणी, बागमती, कमला, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ।

कोशीका सहायक नदीहरू त्रिवेणी, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, देवघाट, त्रिशुली, वेत्रवती, बुढीगण्डकी, आसुघाटक, मस्यर्दी, विमल नगर, सेती, दमैलीमा बहाव सामान्य रहनेछ।
कर्णालीका सहायक नदीहरू चिसपानी, असरंगाघाट, भेरी, समजिघाट, पश्चिम सेती, दिपायलमा बहाव सामान्य रहनेछ। महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा पनि बहाव सामान्य रहने अनुमान छ।

विभागले उच्च जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित बाढी तथा पहिरोबाट बच्न आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com