FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम घोषणा गरेको करिब ५ घण्टापछि इरानले इजरायलमा ८ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार दक्षिणी शहर बेर्शेबाको एक भवनमा मिसाइल प्रहार भएको थियो । यसमा ३ जनाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ ।

यसअघि इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पले घोषणा गरेको युद्धविरामलाई अस्वीकार गरेका थिए ।

इरानी विदेशमन्त्री अब्बासले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम युद्धविराम सम्झौता भएको छैन यदि इजरायलले इरानीहरूमाथि आक्रमण रोक्यो भने इरानले पनि आक्रमण गर्नेछैन भनेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com