FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । अमेरिकाले इरानको तीनवटा आणविक केन्द्रमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चिन्ता व्यक्त गरेका छन् । उनले इरानविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीले त्यस क्षेत्रमा थप तनाव बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म आज इरानविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीप्रति गहिरो चिन्तित छु । यो कदमले उक्त क्षेत्रमा झनै तनाव बढाउन सक्छ, जुन पहिले नै अत्यन्त संवेदनशील अवस्थामा छ । र यसले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा सीधा खतरा पुर्‍याउँछ ।’

यो संघर्ष नियन्त्रणबाट बाहिर जाने सम्भावना बढ्दै गएको उनले बताए । यसकको असर आम नागरिकहरू, पुरै क्षेत्र र विश्वमा गम्भीर रूपमा पर्न सक्ने उनले उल्लेख गरे। गुटेरेसले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई परिस्थिति अझ बिग्रन नदिन आह्वान गरेका छन् ।

साथै यूएन चार्टर तथा अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गरेका छन् । ‘यस संकटको कुनै सैन्य समाधान छैन । कूटनीति नै अगाडि बढ्ने एक मात्र बाटो हो । र शान्ति नै एक मात्र आशा हो’, उनले भने ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com