FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

काठमाडौँ । संसद्‍को पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ग्वार्को ओभरपास सञ्चालन गर्न ४ वटा शर्त पूरा गर्न निर्देशन दिएको छ ।

निर्माण सम्पन्न भएको ओभरपासमा बुधबार निरीक्षणका लागि पुगेको समितिले भार क्षमता परीक्षण गरेर मात्रै गाडी कुदाउन निर्देशन दिएको हो । विकास समिति सभापति दीपकबहादुर सिंहले सीसीटीभी जडानसहित प्राविधिक परीक्षणपछि सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए ।

ओभरपासमा सडकबत्ती, सीसीटीभी, रोड मार्किङ गर्नुपर्ने र सडकको भार क्षमता गरेपछि मात्रै सडक सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र काटेका छौँ’, सिंहले भने, ‘सर्वसाधारणको जिउधनलाई पहिलो प्राथमिकतामा राख्दै सार्वजनिक यातायात चल्ने ठाउँमा प्राविधिक परीक्षण हुनुपर्छ भनेका छौँ ।’

सडक विभागले असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गराई सञ्चालन गर्ने तयारी गरेको छ। पूर्वाधार विकास समितिले सुरक्षाको पूर्वतयारीपछि मात्रै सवारीसाधन सञ्चालन गर्न निर्देशन दिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com