FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौँ, १९ पौष । काठमाडौँ महानगरपालिकाका मेयर समेत रहेका र्‍यापर बालेन शाहले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’मा गीत गाउँदै पार्श्व गायनमा डेब्यु गरेका छन् ।

उनको शब्द, संगीत र स्वर रहेको हिपहप गीत रेकर्ड भइसकेको छ । ‘बालेनजीले गीत रेकर्ड गरिसक्नुभएको छ,’ फिल्म निर्माता कम्पनी जेपीटी क्रिएसनका प्रमुख अर्जुन घिमिरेले भने ।

उनका अनुसार अहिले अर्का गायक मिस्टर डीले उक्त गीतको बाँकी काम हेरिरहेका छन् । घिमिरेका अनुसार केही समयअघि नै यो गीतको रेकर्ड भइसकेको छ । गीतलाई फिल्म रिलिजअघि सार्वजनिक गर्ने तयारी छ । यो फिल्म १४ फागुनमा प्रदर्शन तयारीमा छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com