FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौँ । नयाँ सिराबाट युद्धविराम गरिनुपर्ने दबाबबीच इजरायलले गाजामा फेरि आक्रमण तीब्र पारेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम वार्ता अघि बढाउन भनी कतारमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएकै दिन सेनाले स्कुल र घरहरुमा आक्रमण गरेको बताइएको छ ।

उत्तरी गाजामा विस्थापित प्यालेस्टाइनीहरुको आश्रयस्थल रहेको स्कुलमा इजरायलले गरेको आक्रमणमा परी कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ । शनिबार उत्तरी गाजाको जबालिया अल बलाद क्षेत्रमा जैनब अल वजीर स्कुलमा एक इजरायली आक्रमणमा दुई महिला र दुई बच्चासहित आठ नागरिक मारिएका हुन् ।

यसरी आक्रमण हुँदै गर्दा इजरायलले सम्भावित युद्धविरामको कुराकानीका लागि कयौँ बरिष्ठ अधिकारीलाई कतार पठाएको समेत बताइँदै छ । एक महिलाले भनेकी छन्, ‘इजरायलीहरुले विना कुनै पूर्व चेतावनी हामीलाई निशाना बनाए । उनीहरुले हामीमाथि क्षेप्यास्त्र हानेका छन् । हाम्रा बच्चाहरु ज्यूँदा वा मुर्दा कहाँ छन्, थाहा छैन ।’

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com