काठमाडौँ, २२ पौष । प्रकाश सपूतले आफ्नो निर्देशनमा बनेको पहिलो चलचित्र ‘वसन्त’को पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा उनी स्वयं फिचर्ड छन् ।
पोस्टरमा देखिएको प्रकाशको पात्र अध्ययनशील देखिएको छ । भित्तामा लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर छन् ।
‘वसन्त’मा सपूतको निर्माण, निर्देशन, लेखन, अभिनय, गायन र संगीत रहेको छ । यो चलचित्र चैत २२ गते रिलिज हुनेछ ।
पोस्टर सार्वजनिक गर्दै उनले लोमो स्टाटस लेखेका छन् । जहाँ उनले चलचित्र ‘वसन्त’ निर्माण गर्दाका चुनौती समेटेका छन् ।
