FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

Uncategorized

ट्रम्पको पहिलो औपचारिक विदेश भ्रमण साउदीवाट, साउदीले अमेरिकामा १ ट्रिलियन लगानी गर्ने

ट्रम्पको पहिलो औपचारिक विदेश भ्रमण साउदीवाट, साउदीले अमेरिकामा १ ट्रिलियन लगानी गर्ने
वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजबाट साउदी अरबको भ्रमणमा जाने भएका छन् । दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यसअघि उनी पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन अप्रिल २६ मा भ्याटिकन सिटी पुगेका थिए । ट्रम्पले मे १३ मा साउदीको राजधानी रियादमा युवराज मोहम्मद बिन सलमान (एमबीएस) सँग भेट गर्नेछन् । त्यसपछि उनले मे १४ मा खाडी नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन कतार जानेछन् । ट्रम्प आफ्नो भ्रमणको अन्तिम दिन मे १५ मा युएई ...

वामपन्थी नेता प्रदीप नेपालको निधन

वामपन्थी नेता प्रदीप नेपालको निधन
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। ७१ वर्षीय नेपालको आज नर्भिक अस्पतालमा निधन भएको हो । पूर्वमन्त्रीसमेत रहेका नेपाल पार्किन्सन लगायत रोगबाट पीडित थिए।

गर्बुजाले लिए ऊर्जाराज्यमन्त्रीको शपथ

गर्बुजाले लिए ऊर्जाराज्यमन्त्रीको शपथ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही...

भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउबारे सत्यता नरहेको प्रहरीको दावी

भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउबारे सत्यता नरहेको प्रहरीको दावी
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आज जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित समाचारमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । “सो सन्दर्भमा, त्यस्तो कुन...

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । आज लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च पुगेर रिट दर्ता गरेकी हुन् । गत चैत २२ गते जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो ।

बैंकक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न

बैंकक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न
बैंकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन बैंकक सोचपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ । यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैंकक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान शिनावात्राले यहाँ पत्रकार सम्मेलन गरेकी छन् । प...

नेपाल प्रहरीको स्वीकार – तीनकुनेमा ५८ राउन्ड गोली प्रहार भयो, २० जनालाई लाग्यो

नेपाल प्रहरीको स्वीकार – तीनकुनेमा ५८ राउन्ड गोली प्रहार भयो, २० जनालाई लाग्यो
काठमाडौँ । तीनकुनेमा गत शुक्रवार भएको प्रदर्शन हिंसात्मक भएपछि ५८ राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली २० जनालाई लागेको प्रहरीले स्वीकार गरेको छ । नेपाल प्रहरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश आचार्यले भीड अराजक बन्न थालेपछि प्रहरी गोली चलाउन बाध्य भएको बताए । प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको उनले दाबी गरे । प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढेपछि दिउँसो २ बजेर ५४ मिनेटमा प्र...

यो साता बजारमा सेयर मूल्य धेरै बढेका यी १० कम्पनी

यो साता बजारमा सेयर मूल्य धेरै बढेका यी १० कम्पनी
गत साता ७२ अंक बढेको सेयर बजार यो साता जम्मा ३ अंक बढेको छ । गत साता २८१५ मा रहेको बजार यो साता २८१८ अंकमा पुगेको छ । ५ दिन खुलेको बजार ४ दिन घट्यो । यद्यपि एक दिनको वृद्धिलाई ४ दिनको गिरावटले पनि जित्न सकेन । पहिलो दिन आइतबार ७५.२४ अंक बढेको बजार त्यसपछि लगातार घट्यो । सोमबार १३.६१, मंगलबार ३०.३६, बुधबार २५.१६ तथा बिहीबार २.७० अंक घट्यो । यो साता सोमकार भएको कारोबार भदौ ९ यताकै उच्च हो । सो दिन १४ अर्ब २८ करोडको कारोबार भयो । पहिलो दिन आइतबार १४ अर्ब २५ करोड, मंग...

बेपत्ता भएका तनहुँका महेश ५ दिनपछि मृत फेला

बेपत्ता भएका तनहुँका महेश ५ दिनपछि मृत फेला
२२ फागुन, पोखरा । तनहुँ भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका थिए । सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए भने तनहुँको भीमादसहित स्याङ्जातर्फ खोजी कार्य गरेका थिए । भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा मृत भेटिएका हुन् । राति परिवारसहित सुतेका महेश बिहान कोठामा हेर्दा नदे...

पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै

पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै
२२ फागुन, काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै छ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेशहरु आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्य...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com