FlashNepal
मंगलबार, साउन १२, २०८३  |  July 28, 2026

मुख्य समाचार

पार्टी सभापतिको जिम्मेवारीमा फर्किए रवि

पार्टी सभापतिको जिम्मेवारीमा फर्किए रवि
काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डीपी अर्याललाई दिइएको थियो । भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा लामिछाने सहभागी हुने रास्वापले जानकारी दिएको छ । ‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्नेगरी पहलिो बैठकको समापन हुनेछ,’ प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लगत्...

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी
काठमाडौं । मेडिकल व्यवसायी तथा राजसंस्था पुर्नस्थापनाका पक्षधर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ । प्रसाईले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टिकाराम भुसालले काठमाडौंको साइबर ब्युरोमा उजुरी दिएका हुन् । प्रसाईले नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने झूटा, भ्रामक अभिव्यक्ति दिएको भिडियो टिकटकमार्फत बाहिरिएपछि भुसालले झुटा सूचना प्रवाह र अदालतको मानहानी सम्बन्धी उजुरी दिएका छन...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको आह्वानमा आज राखेको प्रमुसख दलका प्रमुख सचेतकहरूको बैठकमा जानकारी दिएका हुन् । शुक्रबार तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक आन्दोलन र समसामयिक घटनाबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार साँझ सर्वदलीय बैठक बोलाएको बर्तौलाले जानकारी द...

पूर्वराजालाई पत्र बुझाउन गएको काठमाडौं महानगरको टोली रित्तै फर्कियो

पूर्वराजालाई पत्र बुझाउन गएको काठमाडौं महानगरको टोली रित्तै फर्कियो
काठमााडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौं महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौं महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो । उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो । शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।

तीनकुने घटनामा पक्राउ परेकामाथि आज राज्यविरुद्धको अपराधमा म्याद थप गरिँदै

तीनकुने घटनामा पक्राउ परेकामाथि आज राज्यविरुद्धको अपराधमा म्याद थप गरिँदै
काठमाडौं । राजधानीको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता–कार्यकर्तामाथि आज अनुसन्धानका लागि म्याद थप हुने भएको छ । पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित ९ जनाविरुद्ध आज अनुसन्धानका लागि म्याद थप हुने भएको हो ।...

आनीको बहुचर्चित गीत ‘फूलको आँखामा’ हिन्दीमा, गुलजारले गरे अनुवाद

आनीको बहुचर्चित गीत ‘फूलको आँखामा’ हिन्दीमा, गुलजारले गरे अनुवाद
काठमाडौं । आनीछोइङ डोल्माको बहुचर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ अब हिन्दी भाषामा पनि बन्ने भएको छ । यो गीतलाई प्रसिद्ध भारतीय गीतकार गुलजारले हिन्दीमा अनुवाद गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै आनीले चाँडै यो गीतको रेकर्ड हिन्दीमा हुने बताइन् । गीतको नेपाली संस्करणमा चाहिँ दुर्गालाल श्रेष्ठको शब्द, न्यूह बज्राचार्यको संगीत, गोपाल रसाइलीको एरेन्ज र आनीको स्वर छ । हिन्दीमा आनीले गाउने भएपनि संगीत कम्पोज कसले गर्ने भन्ने निधो भैसकेको छैन । ‘...

हितेन्द्रको मुद्दा ४ वर्ष धकेल्ने सर्वोच्चले कुलमानलाई के गर्ला ?

हितेन्द्रको मुद्दा ४ वर्ष धकेल्ने सर्वोच्चले कुलमानलाई के गर्ला ?
१३ फागुन, काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकबाट पदमुक्त नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नियुक्त हितेन्द्रदेव शाक्य दुवै रिट निवेदन लिएर बुधबार (आज) सर्वोच्च अदालत पुगे । आफूलाई सरकारले गत सोमबार गैरकानुनी रुपमा हटाएको दाबी गर्दै घिसिङले पुनःस्थापनाका लागि अन्तरिम आदेशसमेतको माग गरी निवेदन लिएर गएका छन् । हितेन्द्रदेव शाक्यले भने अघिल्लोपटक आफूलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक ...

सभामुख पाँच दलसँग छलफलमा

सभामुख पाँच दलसँग छलफलमा
सभामुख देवराज घिमिरे विभिन्न ५ राजनीतिका दलका नेताहरूसँग संवादमा छन् । प्रतिनिधि सभाको बैठकमा अवरोध भएपछि खुलाउन उनले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेतासँग संवाद गरिरहेका हुन् । नयाँ वानेश्वरस्थित सभामुखको कार्यकक्षमा ५ दलका प्रमुख सचेतकहरू छलफलमा छन् । बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको विरोधका कारण सभामुखले आधा घण्टाका लाग...

संसद् बैठक विपक्षीको अवरोधपछि स्थगित भयो

संसद् बैठक विपक्षीको अवरोधपछि स्थगित भयो
विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।  विपक्षीले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन्।  विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन्। आज प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलहहरूले उभिएर विरोध जनाएका थिए । सभामुखले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद शक्ति बस्नेतलाई समय दिए। उनले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ ...

छलफल सुरु शीर्ष नेताहरूको सिंहदरबारमा

छलफल सुरु शीर्ष नेताहरूको सिंहदरबारमा
शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । उनीहरूबीच संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुने प्रधानमन्त्रीका विज्ञ सल्लाहका अग्नि खरेलले जानकारी दिए । छलफलमा गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत लगायत सहभागी छन् । उक्त छलफलअघि अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com