भुकम्प प्रकरण – मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान
काठमाडौं । भूकम्पका कारण क्षति भएको म्यानमारमा मेडिकल राहतसहित नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल सरकारले गरेको निर्णयअनुसार सेनाको टोली बुधबार म्यानमार प्रस्थान गरेको हो।
प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन(२३५ कासा विमानद्वारा म्यानमार प्रस्थान गरेको हो।
विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थो...