FlashNepal
शुक्रबार, साउन १५, २०८३  |  July 31, 2026

मुख्य समाचार

बिम्स्टेक शिखर सम्मेलन सुरु

बिम्स्टेक शिखर सम्मेलन सुरु
बैङकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेका थिए ।  सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन ग...

दक्षिण कोरियाका राष्ट्रपति पदबाट बर्खास्त

दक्षिण कोरियाका राष्ट्रपति पदबाट बर्खास्त
काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ।  दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने प्रयास गरेपछि त्यहाँको संसद्‌ले लगाएको महाभियोग शुक्रबार संवैधानिक अदालतले सदर गरेको हो। महाभियोगका पक्षमा संवैधानिक अदालतका आठै सदस्य एकमत भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । उनलाई पदबाट हटाएका कारण दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्न...

आजको मौसम : पाँच प्रदेशमा आंशिक बदली

आजको मौसम : पाँच प्रदेशमा आंशिक बदली
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र...

प्रधानमन्त्री ओलीले आज बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन् । गत चैत १९ गते सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओलीले बिमेस्टक सम्मेलनलाई सम्बोधन गर्न लागेका हुन् । थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको निमन्त्रणामा गत चैत १९ गते बैंकक गएका प्रधानमन्त्री ओलीले यस भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्...

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको ...

आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसदअन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा काठमाडौंको तीनकुनेमा यही चैत १५ गते भएको घटनाका सम्बन्धमा गृहम...

प्रधानमन्त्री ओली र मोदीबीच आज भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र मोदीबीच आज भेटवार्ता हुँदै
बैंकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डको बैंकक पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दुईपक्षीय भेटवार्ता हुने भएको छ । शिखर सम्मेलनअन्तर्गत स्थानीय समयअनुसार आज अपराह्न चार बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुन लागेको हो । बैंककस्थित होटेल साड्ग्रिलामा भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानम...

सर्वोच्चले दिएन कुलमानको पक्षमा अन्तरिम आदेश

सर्वोच्चले दिएन कुलमानको पक्षमा अन्तरिम आदेश
काठमाडौं । कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दालाई अग्राधिकारको आदेश दिएको छ । सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए । आफ्नो कार्यकाल छँदै सरकारले बदनीयतपूर्वक हटाएको भन्दै  अन्तरिम आदेशको माग गर्दै घिसिङ सर्वोच्च पुग...

संघीय लोकतान्त्रिक मोर्चाको १३ बुँदे आचारसंहिता सहित घोषणा

संघीय लोकतान्त्रिक मोर्चाको १३ बुँदे आचारसंहिता सहित घोषणा
काठमाडौं । मधेस केन्द्रित सात दलले घोषणा गरेको संघीय लोकतान्त्रिक मोर्चाले १३ वटा आचारसंहिता तय गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रम गरि घोषणा गरिएको मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, जनता प्रगतिशील र तमलोपा रहेका रहेका छन्। आचारसंहितमा मोर्चाका आवद्ध दलहरुले सार्वजनिक रुपमा एक अर्काको आलोचना, घोचपेच नगरी अभिव्यक्ति प्रस्तुतदेखि मोर्चाको उद्देश्य विपरित नहुने गरि अन्य मोर्चामा आवद्ध हुन वा अन्य दलहरुसँग एकीकरण गर्न वाधा नहुने उल्लेख छ ...

शान्तिबाटिकादेखि बालुवाटारसम्म सहकारी तथा लघुवित्त पीडितले निकाले र्‍याली

शान्तिबाटिकादेखि बालुवाटारसम्म सहकारी तथा लघुवित्त पीडितले निकाले र्‍याली
काठमाडौं । सहकारी ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्ति जफत गर्न माग गर्दै सहकारी पीडितहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। बिहीबार दिउँसो सहकारी पीडितहरूले काठमाडौंको शान्तिबाटिकादेखि बालुवाटारसम्म र्‍यालीसहित प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा सहकारी पीडितहरूले ब्यानर, नारासहित प्रदर्शन गर्दै वालुवाटरसम्‍म पुगेका हुन् । उनीहरूले प्रहरीले राखेको ‘ब्यारिकेट’ तोड्न खोजेका थिए । यसक्रममा केही सहकारी पीडितको हातमा च...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com