नेपाली राजनीति गम्भीर मोडमा जान सक्ने संकेतः वैशाख २१ सम्म हाम्रा साथीहरू रिहा नभए सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा
काठमाडौं । राजसंस्था पुनस्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा गर्न सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिएका छन् ।
सरकारले आफूहरूको माग सुनवाइ नगरेको खण्डमा २२ गते सामूहिक गिरफ्तारी दिने उनले घोषणा गरे । आज समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले सो घोषणा गरेका हुन् ।
उनले सामूहिक गिरफ्तारीका लागि सबैभन्दा अगाडि आफू उभिने समेत बताए । ‘वैशाख २१ गतेसम्म नवराज सुबेदीको नजरबन्द...