FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौँ, २२ पौष । डिभिजन वन कार्यालय कोहलपुरले बाँकेको सिर्जना सामुदायिक वनमा लाहाखेती गर्न सुरुआत गरेको छ ।

लाहालाई सरकारी दस्तावेज सिल गर्न, हँसिया, खुर्पा जस्ता घरेलु कामका लागि प्रयोग गरिने हातहतियारको बिँडमा, गरगहना भर्न, फर्निचर कारखानालगायत अन्य प्रयोजनका लागि प्रयोग गरिन्छ ।

“लाहा कुसुमको रुखमा राम्रो फस्टाउने र आम्दानी पनि राम्रो हुने भएपछि हामीले यहाँको सामुदायिक वनमा लाहाखेती विस्तार गरेका हौँ,” डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले भने, “यो खेतीले यहाँका वन उपभोक्ताहरु लाभान्वित हुने विश्वास छ ।”

उनका अनुसार झापाबाट दुईजना लाहासम्बन्धी काम गर्दै आएका विज्ञको टोलीले बाँकेका सामुदायिक वन उपभोक्तालाई दुई दिनको तालिम दिएर १२ रुखमा २५ किलो लाहाको बीउ लगाइएको छ । “पूर्व झापाबाट दुई जनाको विज्ञ टोलीले यहाँका सामुदायिक वनका उपभोक्तालाई लाहासम्बन्धी तालिम दिएर २५ किलो लाहाको बीउ लगाएका छौँ,” उनले भने, “रूखका हाँगामा लाहा उत्पादन गर्ने लाहा कीरा (भ्रुण) छाडिएको छ ।”

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com