FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले फिल्म निर्देशन गर्ने भएकी छन् । नीताले फिल्म ‘सुख दुःख’ को घोषणा गर्दै यस फिल्मबाट निर्देशनमा डेब्यु गर्ने भएकी हुन् ।

उनले फिल्म २०८३ को दशैँमा प्रदर्शन हुने घोषणा गरेकी छन् । नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा कलाकारको छनौट भने हुन बाँकी रहेको छ ।

नीताले आफ्नै ब्यानरमा गत वर्ष प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’ को निर्माण गरेकी थिइन् । भारतीय अभिनेताहरुलाई सामेल गरेर बनाइएको यस फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । फिल्म सुपर हिट नभएपनि लगानी उठाएको बताइएको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com