FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । तीनकुने घटनाका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् ।

उनी आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनका आजै न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयान र थुनछेक हुनेछ।

यसअघि उनी हाजिरी जमानीमा रिहा भएका थिए । तर अदालतमा उपस्थित नभएको भन्दै प्रहरीले उनको खोजी गरिरहेका थियो ।

यसअघि हिजो राप्रपाकै महामन्त्री धवलशमशेर राणालाई अदालतले धरौटीमा रिहा गरेको छ । राणा धरौटीमा रिहा भएपछि मिश्र पनि आज अदालत पुगेका हुन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com