FlashNepal
शुक्रबार, आषाढ १९, २०८३  |  July 3, 2026

NCELL

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विहिबार विवाह बन्धनमा बाँधिदैछन् । राजधानीमा विवाह समारोह आयोजना गरिएको छ । केही दिनदेखि हल्दी, मेहेन्दी लगायतका वैवाहिक समारोह आयोजना भैरहेका छन् ।

सार्वजनिक फोटो र भिडियोमा हल्दी र मेहेन्दी समारोहमा अस्मिता र महेशलाई रमाएको देख्न सकिन्छ । महेशले अस्मिताको हातमा मेहेन्दी लगाएको देख्न सकिन्छ । सोनम सुब्बाको पहिरनमा अस्मिता आकर्षक पनि देखिएकी छन् ।

स्रोतका अनुसार काठमाडौंमा हुने विवाह समारोहमा दुबै पक्षका परिवार, आफन्त र संगीत क्षेत्रका केही व्यक्तिलाई निम्तो गरेको बुझिएको छ । गत असारमा दुबईमा इन्गेजेमन्ट गरेका यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा छन् ।

प्रेम चर्चालाई साकार तुल्याउँदै यी दुईले दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’मा इन्गेजमेन्ट गरेका थिए । यी दुईले केही गीतमा सहकार्य समेत गरेका छन् । कतिपय कन्सर्टमा एकसाथ प्रस्तुति पनि दिएका छन् । काठमाडौं महानगरले स्थापना दिबसको अवसरमा टुँडिखेलमा गरेको सांगीतिक कार्यक्रममा उनीहरूले प्रस्तुति दिए ।

अस्मिता र महेश अहिले रुचाइएका संगीतकर्मीमध्ये पर्छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com