FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । उनले गएको चैत्र १५ गते तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा ज्यान गुमाएका सुबिन महर्जन र पत्रकार सुरेश रजकका परिवारलाई परिवारलाई भेटेका हुन् ।

भेटमा मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताए। उनले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उपर कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

“राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ। सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएमा पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ ।” मेयर शाहले भने।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com