FlashNepal
मंगलबार, साउन १२, २०८३  |  July 28, 2026

काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ । आगलागीपछि अहिले जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र बारुणयन्त्रका तीनवटा दमकल अहिले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

 

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com