FlashNepal
बिहिबार, भाद्र ११, २०८३  |  August 27, 2026

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन् ।

मधेश प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’अन्तर्गत आज प्रधानमन्त्री ओलीले एकैपटक ६४ वटा सडक शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला स्मृति भवनबाट एकैपटक सबै सडकको शिलान्यास गर्ने बताइएको छ ।

प्रदेशका ८ वटै जिल्लाका प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा ५ किलोमिटरको दरले ३२० किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण हुने मधेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले जानकारी दिए ।

यसका लागि १२ अर्ब ७० करोड रुपैयाँको स्रोत सुनिश्चित गरी टेण्डर समेत भइसकेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com