FlashNepal
बिहिबार, भाद्र ११, २०८३  |  August 27, 2026

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । यससँगै सोमबार १९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com