पाल्पामा पौडी खेल्दा एक यूवक बेपत्ता
पाल्पा, फागनु २४,
पौडी खेल्ने क्रममा पाल्पामा एक यूवक बेपत्ता भएका छन् । तिनाउँ गाउँपालिका ३ ड्यामसाईड स्थित तिनाउँखोलामा शनिबार दिउँसो पौडीखेल्ने क्रममा तिलोत्तमा ७ भलवाडी, रुपन्देहीका २१ बर्षिय प्रदिप रोका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

साथीहरु सुमन सारु र सुमित चौधरी संगै पौडी खेलेका प्रदिप डुबेर बेपत्ता भएको र उनको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।