राउटे युवतीमाथि भएको दुव्र्यवहारको भिडियोमा के छ ?

सुर्खेत, जेठ २४
राउटे समुदायका २ युवतीलाई दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न तीन यूवालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जनालाई पक्राउ गरी कारवाही प्रकृया अघि बढाएको प्रहरीको भनाई छ । राउटे युवतीलाई स्थानीय युवाले मादक पदार्थ सेवन गराई होटेलमा लगेर दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जाल यूटुब, टिकटक र फेसबुकमा सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोग, नेपाल आदिवासी जनजाति महासंघ लगाएतका संघसंस्थाले घटनामा संलग्नमाथि तत्काल कारवाहीको माग गरेका थिए । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका गुर्भाकोटका ३५ वर्षिय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुनमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
भिडियोमा के छ ?

भिडियोमा कपडा खोलेका यूवाहरुले दुई यूवातीलाई यौन दुब्र्यवहार गरेका छन् ।एक युवाले तिमि मेरो बुढी हौ भन्दै युवतीका संबेदनशिल अंगमा हात लग्दा अर्का युवाले उभिएर हेरीरहेका छन् ।भिडियोमा युवाले गलबन्दी लिस्यो बोलको गित गाउँदै यूवतीलाई समेत गित गाउँन दवाब दिएका छन् । आफूले चुम्बन गर्दे युवतीलाई समेत चुम्बन गर्न आग्रह गर्दा युवतीले डिस्टर्ब भो कोठा बाहिर जाम भन्दै आग्रह गरेको लगाएतका दृश्य भिडियोमा समेटिएका छन् ।