पाल्पामा भएको ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गयो

पाल्पा, बैशाख ११
पाल्पामा भएको ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गएको छ । निस्दी गाउँपालिका ५ ढुङ्गानाबेशीमा भएको दुर्घटनामा सहचालक निस्दी ४ का १९ वर्षिय टेक बहादुर जर्घामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । निस्दी ५ बेचौलिबाट ढुङ्गानाबेशीका लागि छुटेको लु ४ त ६९८१ नम्बरको खाली ट्याक्टर बाट खस्दा जर्घाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सुचना अधिकारी प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । प्रहरीका अनुसार अचानक खस्दा ट्याक्टरको पछाडिको टायरले कुल्चिदा उनको घटनास्थलमै ज्यान गएको हो ।घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।