रिब्दीकोट ६, पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रम

किरण रायमाझी
पाल्पा, माघ १७
पाल्पाको रिब्दिकोट गाउँपालिका ६ , पाल्पामा स्मार्ट कृषि गाउँ कार्यक्रम सार्बजनिकरण भएको छ । पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिको आयोजनामा कार्यक्रम भएको हो । समिती अध्यक्ष सम्भु नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तुलाराम घर्ति, प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस पाल्पाका सभापति वीर बहादुर राना, गाउँपालिका प्रमुख नारायण बहादुर जिसि, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्याल, वार्ड अध्यक्ष तुल बहादुर जिसि, रिब्दिकोट गाउपालिका कृषि शाखा अधिकृत रन्जिव कुवर , स्मार्ट कृषि गाउँ कार्यक्रम सवन्यन समितीका सल्लाहकार प्रकाश रायमाझी लगायतको सहभागीता थियो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेस सभा सदस्य तुलाराम घर्ति मगरले कृषिको राम्रो संभावना रहेको रिब्दिकोट ६ का किसान जाँगर र मिहिनेत गरेर अघि बढे स्मार्ट कृषि कार्यक्रम सफल हुने बताउनुभयो । कृषि कार्यक्रमलाई उपयुतm ठाउँ र बस्ती रहेकाले पनि प्रदेश सभाबाट पारित भएको स्मार्ट कृषि कार्यक्रम अन्तर्गत रिब्दिकोट ६ पोरकनी, लुम्बरा, बहर्गा, घोर्लिखर्क लाई छनोट गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा प्रदेस सभा सदस्य वीर बहादुर रानाले जनप्रतिनिधि जनताको सेवक रहेको भन्दै जनताले ल्याएको बिकास मुखी कार्यक्रमको मागलाई सम्बोधन र कार्यान्वयन गर्ने गराउने काममा प्रतिनिधि सधै तयार र सक्रिय हुनुपर्ने बताउनुभयो । कृषिले जनताको आर्थिक स्तर उकास्ने भन्दै रानाले स्मार्ट कृषि कार्यक्रम सफल हुन पौरखीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । गाउँपालिका प्रमुख नारायण जिसिले कृषिमा आर्कषित जनतालाई पालिकाले जतिबेला पनि सहयोग गर्ने बताउनुभयो । अध्यक्ष जिसिले रिब्दिकोट गाउँपालिकाले कृषिका संभावनाहरुको खोजी अनुसन्धान गरिरहेको भन्दै कृषि तथा पसुपालनका कार्यक्रमलाई सबै वार्डहरुमा थालनी गरिएको जानमारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालले माटो परिक्षण लगायत संभाब्यता अध्ययन पछि कार्यक्रम सन्चालन गर्ने बताउनुभयो । स्मार्ट कृषि कार्यक्रमका लागि लुम्बिनी प्रदेसबाट ५० लाख र स्थानीय सरकार तथा रिब्दिकोट गाउँपालिका बाट १० लाख बिनियोजित गरिएको छ । स्मार्ट कृषि कार्यक्रमले स्थानीयलाई ब्यवशायीक कृषि तर्फ आकर्षण बढाउने कृषि स्मार्ट कार्यक्रमका सयोजक सम्भु नेपालले बताउनु भयो । स्थानिय १४२ घरधुरी स्मार्ट कार्यक्रममा सहभागी भएको पनि नेपालले बताउनुभयो । कार्यक्रममा स्थानीयय राजनैतिक दलका प्रतिनिधि, बुद्धिजीवी ,समाजसेबि लगायतको सहभागीता थियो । इन्द्रजङ रायमाझीको स्वागत पछि कार्यक्रम संचालन भएको छ ।