पाल्पामा भएको दुर्घटनामा बीरबहादुर राना घाइते
पाल्पा, मंशिर २९
पाल्पामा भएको ट्रिपर दुर्घटनामा बीरबहादुर राना घाइते हुनुभएको छ । रिब्दीकोट २ दमकको भुर्लेखोला स्थित हार्थोक सिद्धेश्वर भित्रि कच्चि सडकखण्डमा भएको दुर्घटनामा चालक नवलपरासी सुनवल ३ का ३८ बर्षिय राना घाईते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार सिद्देश्वरबाट चुनढुङ्गा बोकि तानसेन तर्फ आउँदै गरेको लु २ ख ४५११ नम्बरको टिप्पर अनियन्त्रित भई सडक देखि झण्डै १५ मिटर तल पल्टिएको हो । घाइते रानाको लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको र घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सुचना अधिकारी , प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।