पाल्पामा मलामी छोडी फर्किएको जिप दुर्घटना
पाल्पा, मंशिर ८
पाल्पामा मलामी छोडी फर्किएको जिप दुर्घटना हुँदा चालक र सहचालक घाईते भएका छन् । रम्भा गाउँपालिका २ टिम्मुरडाँडा स्थित भित्रि कच्ची सडकको गोरङचेबाट झोकेदी तर्फ जादै गरेको लु १ ज २१६३ नम्बरको जिप सडक बाट झण्डै शय मिटर तल खसेको हो । दुर्घटनामा चालक रम्भा २ का ४५ बर्षिय खुम बहादुर सुनारी र सहचालक ३४ बर्षिय दिप बहादुर सिंजाली घाइते भएका छन् । घाइते दुबैको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । जिपमा २ जना मात्रै रहेको स्थानीयले जनाएका छन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।