पाल्पाको लुम्बिनी मेडिकल कलेज बिक्रिमा ?

पाल्पा, असोज २६,
पाल्पाको लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल बिक्रिमा रहेको झुटो प्रचार भएको पाइएको छ । कलेजका कार्यकारी अध्यक्ष गोपाल पोख्रेलको हस्ताक्षर रही गएको साउन १६ गते सामाजिक संजालमा आएको कलेज बिक्रिको सुचना गलत भएको लुम्बिनी मेडिकल कलेजले बिज्ञप्ती मार्फत स्पष्ट पारेको छ । बिज्ञप्तीमा कार्यकारी अध्यक्षको फर्जी दस्तखत गरि भएको गलत प्रचारको भ्रममा नपर्न समेत अनुरोध गरिएको छ ।